नारायणकाजीले गराए राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

Posted on: 05 Jan, 2020

पुस २०, पोखरा | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट राष्टियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्  |

महिला तर्फबाट नेकपाकी भगवती न्यौपानेले पनि  राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी हुन् | नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचनले उम्मेदवारी दर्ता गराउने छिन् भने खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराउने छन् |

कांग्रेसका बिन्दा राना कास्की र गोरखाका सुरेन्द्र पान्डेको ठाउँमा रास्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो | गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् | ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत हाल्ने छन् | माघ ९ गते रास्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदै छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!