पुस २१, काठमाडौँ | सोमबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ |
अध्यक्ष प्रचण्ड र सभापति देउवाको सचिवालयका अनुसार देउवा निवास बुढानिलकण्ठमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो | सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनबारेमा छलफल भएको हो |
सभापति देउवाले सरकारले ल्याएका मिडिया काउन्सिललगायतका विवादास्पद विधेयक फिर्ता लिन प्रचण्डलाई बताएका छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!