अष्ट्रेलियामा भएको आगजनीप्रति परराष्ट्र मन्त्रीले गरे दु:ख व्यक्त

Posted on: 06 Jan, 2020

पुस २१, काठमाडौं | अष्ट्रेलियामा लागेको  भीषण आगलागी प्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुःख  व्यक्त गरेका छन् | आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना पठाएका हुन् |

मन्त्री ज्ञवालीले अष्ट्रेलियामा आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् | आगलागीबाट  २५ भन्दा बढी मानिसकोको मृत्यु भइसकेको छ |

१५ सय भन्दा बढी घर जलेका छन् भने ५० करोड जनावर जलेको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!