पुस २४, काठमाडौँ | नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बोलाएको जिल्ला सभापतिहरुलाई भेटेका छन् | उनले जिल्ला सभापतिहरुलाई आफ्नो निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् |
देउवा पक्षले एकलौटी निर्णय गरेको भन्दै दबाब दिनका लागि पौडेलपक्षले जिल्ला सभापतिहरुको भेला बोलाएका थिए | देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् | पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको उनी उनले बताए |
बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भने सभापतिले एकलौटी निर्णय गरेको भन्दै पटक-पटक असन्तुष्टि जनाउंदै आएका छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!