नेकपा संसदीय दलको निर्णय:प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा

Posted on: 10 Jan, 2020

पुस २५ , काठमाडौँ | शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ | नेकपा पार्टी सचिवालयको निर्देशन अनुसार नै प्रदेश संसदीय दलले निर्णय गरेको हो |

यस अघि नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी  हेटौंडा राख्न निर्देशन दिएको थियो | नेकपा संसदीय दलका नेतासमेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताएका छन् |

नेकपाभित्र प्रदेशको नाम भन्दा राजधानीको विषयमा विवाद हुँदै आएको छ | केहि संसदहरुले भने राजधानी काभ्रे हुनुपर्ने माग राख्दै आएका थिए | पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!