विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ

Posted on: 12 Jan, 2020

पुस २७, गोरखा | सरकार द्वारा प्रतिबन्धित  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन् |

पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ |

गुरुङविरुद्ध दायर गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!