पुस २७, काठमाडौँ | प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको छ | आइतबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ हेटौंडा राजधानी राख्ने प्रस्ताव पारित गरेको हो |
राजधानी राख्ने पक्षमा एक सय ५ मत, विपक्षमा तीन मत आएको थियो | विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्ताव गरेको थियो। यो प्रस्तावलाई प्रदेशसभा बैठकले अस्वीकृत गरिदिएको छ |
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!