सभामुखको लागि सहमति नजुटेपछि, प्रतिनिधिसभा बैठक स्थगित

Posted on: 12 Jan, 2020

पुस २७, काठमाडौं | सत्तारुढ नेपाल ल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको लागि सहमति नजुटे पछि प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ | आइतबार बिहानै देखि प्रधानमन्त्री निवास बालुवाटारमा सहमतिको लागि शिर्ष नेताहरु बिच छलफल भएको थियो |

आइतबार दिउँसो १ बजे निर्धारित बैठक सहमति नभएपछि माघ ६ गतेसम्मका लागि स्थगित गरिएको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् | नेकपा सचिवालयले उनलाई उपसभामुखबाट राजिनामा दिने निर्णय गरेपनि अस्विकार गर्दै आएकी छिन् |

उप सभामुख तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने बताउंदै आएकी छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!