सभामुख चयन प्रक्रियामा ढिलाइ भएको भन्दै देउवाको आपत्ति

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौँ | संसद्को हिउँदे अधिवेशन आह्वान भएको महिना दिन बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार दिन नसकेको भन्दै नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् | 

सभामुख चयन प्रक्रिया सुरू नगरिए  संसद चल्न नदिने देउवाले बताएका छन् | नेकपाले सभामुखको उम्मेदवार दिन नसकेको भन्दै धेरै कुर्न नसकिने देउवाको भनाई छ | पुस ४ गते देखि तिन पटक सुचना टाँसेर संसद बैठक स्थगित गरिएको  |

नेकपा भित्रको आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको हो | उनले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने  बताउंदै आफूले बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग कुराकानी गरेको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!