बालुवाटारमा राखेको बम नेपाली सेनाद्वारा निष्कृय

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं | सरकार द्वारा प्रतिबन्धित  नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलिले निष्कृय पारेको छ  | बुधबार राति सेनाको टोलीले बम निष्क्रिय पारेको हो |

बुधबार विप्लव समूहले ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो | भने उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो | ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो |

विष्फोटबाट नागार्जुन-१ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडी समेत क्षेती भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!