बालुवाटारमा ओली, देउवा,र प्रचण्ड बिच छलफल

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु बिच छलफल भएको छ |

शुक्रबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओली,नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ उपस्थित भएका छन् |

सत्य निरूपण र बेपत्ता छनबिन आयोगका नयाँ पदाधिकारी नियुक्ति र नयाँ कानुन तर्जुमाबारे छलफल गरिएको हो | यसअघि प्रचण्डले देउवा निवासमै पुगेर यसबारे छलफल गरेका थिए |

उक्त छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबिच सभामुख चयनका बिषयमा छलफल हुने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!