माघ ३, काठमाडौं | नेपाली कांग्रेस संसदीय दलले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको छ | माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको हो | शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले तत्काल प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने बताएको छ |
'संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ' कांग्रेसले भन्यो |
सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने पनि कांग्रेसले माग गरेको छ | अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई तत्काल संसदबाट अनुमोदन गर्न समेत माग गरेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!