सभामुख चयनको लागि बालुवाटारमा ओली र प्रचण्डबिच छलफल

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौँ | सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयनको विषयमा बालुवाटारमा छलफल भएको छ | प्रधानमन्त्री ओली संग छलफल गर्न प्रचण्ड आइतबार विहान बालुवाटार पुगेका हुन् |

सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ भने पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद नै बन्धक बनेको छ |

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दाबी गर्दै आइरहेकी छन् | कपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा दिन भनेपनि सभामुमखको उम्मेदवार तय नँहुदासम्म राजिनामा नदिने अडान उनले राखेकी छन् |

संसद्को बैठक ६ गतेका लागि बोलाइए पनि सभामुख चयन हुन् भने सकेको छैन | प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!