तुम्बाहाङफेले उपसभामुखबाट आज राजीनामा दिने

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | शिवमाया तुम्बाहाङफे उपसभामुख पदबाट राजीनामा दिने भएकीछिन् | आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी संसद सचिवालय स्रोतले जनाएको छ | सोमबार संसद्को १ बजे बैठक बस्दै छ |

आजको  संसद बैठक जेष्ठ सदस्य महन्थ ठाकुरले  संचालन गर्ने भएका छन् | आइतबार बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सहमति पछि अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो 

आइतबार नै नेकपा सचिवालय बैठकले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय समेत गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!