सभामुखमा कांग्रेसले उमेदवारी दिने

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उमेदवार बनाउने भएको छ | नेकपाका लागि अग्नि सापकोटाको विरुद्धमा कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उमेदवारी बनाउने तयारी गरेको हो |

यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन | यस विषयमा पार्टीमा छलफल भइसकेको कांग्रेसले जनाएको छ | कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसकेको बताएका छन् |

आज दिउँसो १ बजे संसद बैठक बस्न लागेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!