पहिलो बैठकको अध्यक्षता शिवमायाले गर्ने,दोस्रो बैठकबाट सभामुख चयन गरिने

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौं | आज बस्ने प्रतिनिधि सभा बैठक उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संचालन गर्ने भएकी छिन् |

उनले बैठकको अध्यक्षता गर्दै आफ्ना कुरा राख्नेछन् | सचिवालय स्रोतका अनुसार उनले सम्बोधन पछि राजिनामा दिने र अर्को बैठक ४ बजे बस्ने बताइएको छ | उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछ | दिउँसो ४ बजे दोस्रो बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुनेछ |

उपसभामुख तुम्बाहाङ्फेसहित उनकै कार्यकक्षमा आज कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीचको छलफलपछि उक्त सहमति भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!