सभामुखका लागि निर्वाचन माघ १२ गते गरिने

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | सभामुख पदका लागि माघ १२ गते संसद सचिवालयले निर्वाचन गर्ने भएको छ | आइतबार सभामुख निर्वाचन गर्ने गरी तयारी छलफल भइरहेको संसद सचिवालयले जनाएको छ | सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले  राजिनामा दिए संगै नेकपालाई सभामुखका लागि उम्मेदवारी दिने बाटो खुलेको हो |

आइतबार बसेको नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखका लागि चयन गरेको छ | त्यस्तै उनको विरूद्धमा प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले पनि उम्मेदवारी दिने बताएको छ | आज अपराहन्न ४ बजे  जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले अध्यक्षतामा बैठक बस्ने छ |

उक्त बैठकमा भामुख निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ | सभामुख निर्वाचन सकिएपछि तुम्बाहाङ्फेको राजीनामापछि रिक्त भएको उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!