काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले सभामुखको उमेरदवारी नदिने भएको छ | मंगलबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो | 

बैठक पछि बिज्ञप्ति निकाल्दै कांग्रेसले भनेको छ,'सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ |'

उपसभामुखको लागि निर्वाचन कार्यतालिका भने सार्वजनिक भएको छैन | उपभामुख पद भने आफूले पाउनुपर्ने माग कांग्रेसले राख्दै आएको छ | संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचनका लागि निर्वाचन मिति माघ १२ गते सार्वजनिक गरिसकेको छ |

आज सभामुखको लागि उमेरदवार अग्नि सापकोटाले दर्ता गरिसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!