विप्लव समूहका सिल्धुपाल्चोक जिल्ला सचिव पक्राउ

Posted on: 21 Jan, 2020

माघ ७,  काठमाडौँ | सरकार द्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव भक्तपुरबाट पक्राउ परका छन् |

भक्तपुर ठिमी-४ बाट ४४ वर्षीय भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो | व्यापारीलाई धम्की दिई चन्दा असुल्न खोजेको प्रहरीको भनाई छ | उनी मेलम्ची नगरपालिका-९ का स्थानीयबासिन्दा हुन् | 

सोमबार पक्राउ परेका उनलाई अभद्र व्यवहार कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!