गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

Posted on: 23 Jan, 2020

माघ ९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ माथि दुर्व्यवहार गरेको आरोपमा गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पक्राउ परेका छन् | जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरिएको हो |

गुरुङले बुधबार  मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए |  मंगलबार पोखरामा उद्घाटन गरिएको मुख्यमन्त्री फुटबल कपमा व्यवस्थापनप्रति असन्तुष्टि जनाउंदै अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाइ झापड हानेका थिए |

मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै उनले बुधबार पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!