अग्नि सापकोटा बिरुद्ध सर्वोच्चमा रिट दायर

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद अग्नि सापकोटा बिरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् | 

उनलाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् | सापकोटालाइ नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो | 

उनलाई काभ्रेका अर्जुन लामा हत्याको अभियोग लागेको छ | सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा मतदान हुँदैछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!