एमसीसी पास गर्नुपर्छ:देउवा

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् | मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै देउवाले यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको र यो नेपालको हितमा रहेको बताएका हुन |

उनले नवनिर्वाचित सभामुख अग्नि प्रशाद सापकोटालाई बधाई दिएका छन् | आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी क्याबिनेटले पास गरेको र लामो समय देखि अगाडी अमेरिकाले नेपाललाई आर्थिक सहयोग गर्दै आएको स्मरण गराए |

उनले भने,'हामी सैन्य गठबन्धन मान्दैनौं भने भइहाल्यो नि' अमेरिकाले सैन्य गठबन्धन होइन भनिसक्यो, चिनले आपत्ति छैन भनेको उनले बताए | नेपालको बिजुली भारतमा बेच्नका लागि सहयोग पुग्ने भएकाले एमसीसी छिटो पास ग्र्न्नुपर्ने देउवाको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!