पूर्व उपसभामुख शिवमाया नेकपाको केन्द्रीय सदस्यमा मनोनित

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्व उपसभामुख/सांसद शिवमाया तुङ्बाहाम्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ | सभामुख र उपसभामुखपदमा निर्वाचित भएपछि दलगत आवद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान अनुसार शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन् |

मंगलबार बसेको नेकपा  सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपाले जनाएको छ | शिवमाया केन्द्रीय सदस्य मनोनित भएसंगै केन्द्रीय समिति बैठकमा भाग लिन पाउने भएकी हुन् | दुई पार्टी बिच एकता हुनु अघि उनी एमालेकी केन्द्रीय सदस्य थिइन् |

नेकपाबाट अग्नि सापकोटा सभामुख भएपछि उनले उपसभामुख पदबाट राजिनामा दिएकी थिइन् | संबैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!