नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ |  नेकपा केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वयले २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रश्ताव पेश गरेका छन् |

 स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु २०७७ भदौदेखि मंसिरसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ | उक्त केन्द्रीय समितिको बैठकले अध्यक्षद्वयको प्रस्ताव पारित गरी तोकेको मितिमै पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ |

 साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!