राष्ट्रपति विद्या भण्डारीले गरिन वसन्त श्रवण

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौं | हनुमानढोका दरबारमा  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन्  | वसन्त श्रवण कार्यक्रममा  राष्ट्रपति देवी भण्डारी सहित प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका हुन् |

हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले  बिहान ९ बजेर ५ मिनेटको साइतमा वसन्त श्रवण गराएका छन् | कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थित थिएनन् | उनी  पूर्वनिर्धारित कार्यक्रमअनुसार  बिहीबारै महोत्तरी गएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताएका छन् |

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन रहेको छ | श्रीमदभागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने/सुनाउने चलन छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!