माघ १६, काठमाडौं | नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति काँग्रेस सभापति शेरबहादुर देउवाले घोषणा गरेका छन् | जस अनुसार अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर रहेका छन् |
२०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवा ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समिति ल्याएका हुन् | १२७ सदस्यीय समितिमा आज देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीसहतिको समिति घोषणा गरेका हुन् |
तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने बताइएको छ | सभापति देउवा पक्षबाट सभापतिसहित २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहने छन् |
त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य रहनेछन् भने कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य रहेछन् | तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइनेछ |
समितिलाई आजको मितिले ६ महिनाभित्र नेवि संघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ | १२ औं मधिवेशनसम्म नेवि संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने दिइएको छ |
तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!