विराटनगर जानेक्रममा बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि...

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौं | विराटनगर जानेक्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि उनले  ट्विट  गरेका छन् | 

आइतबार र ट्विट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका छन् |

उनले ट्वीट गर्दै भनेका छन् "बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो?म-हैन!किन सोध्नुभो?उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर!केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो!पसले युवती चिच्याइन्-ओहो बाबुराम?म-कसरी चिन्नुभो?उनी-फोटो र टिभीमा देखेर!मनमन-शहर र गाउँको राजनीतिक चेत?वा हामीoutdated?


यस बिषयमा तपाइको प्रतिक्रिया...!