नेकपा स्थायी कमिटिबाट हटाउन माग गर्दै रघुवीर महासेठबिरुद्ध उजुरी

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रिय बैठकमा  विधानविपरित रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै हटाउन माग गरेका छन् |  केन्द्रीय सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको भन्दै बैठकमा उजुरी दिएका छन् |

विधानको धारा ३४ (ख)मा केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटब्यूरो सदस्य हुनुपर्ने छ भन्ने स्पष्ट व्यवस्था रहेको छ । त्यस विपरित महासेठलाई स्थायी कमिटीमा राखिएकोमा साहले विरोध गरेका छन् |

महासेठलाई स्थायी कमिटी सदस्यमा विधान विपरीत मनोनयन गरिएपछि प्रदेश २ मा कयौं नेता–कार्यकर्ताले विरोध गरेको भन्दै साहले केन्द्रीय कमिटी बैठकमा लिखित उजुरी दर्ता गराउनु परेको बताएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!