नेकपाको उपाध्यक्षमा वामदेव गौतम

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपाध्यक्ष  वामदेव गौतम भएका छन् | महासचिव विष्णु पौडेललेआइतबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन् |

गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो | सचिवालयको उक्त निर्णयलाई  स्थायी कमिटी बैठकले पारित गरेको हो | नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् |

वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!