१७ सिडिओ सरुवा,को कहाँ ?(नामावली सहित)

Posted on: 03 Feb, 2020

माघ २०, काठमाडौँ | गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन् |

पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, डोल्पामा, मुगु, भोजपुर, इलाम, बाग्लुङ, गोरखा र कञ्चनपुरमा  सिडिओ फेरिएका छन् । कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी, पर्सामा विष्णुकुमार कार्की, काभ्रेमा श्रवणकुमार तिमिल्सेना, सिन्धुपाल्चोक उमेशकुमार ढकाल,  सुर्खेतमा रमेश न्यौपाने,  नवलपरासी पूर्वमा पिताम्बर घिमिरे, इलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौलोचन सैंजु, गोरखामा सुरेन्द्र पौडेल र रामेछापमा रूद्रादेवी शर्माको काज सरूवा गरिएको छ।

त्यस्तै खोटाङमा शालिग्राम शर्मा पौडेल, सल्यानमा शिवराम पोखरेल, डडेल्धुरामा जगनाथ पन्त, मुगुमा कृष्णकुमार निरौला, भोजपुरमा बसन्तराज पुरी, डोल्पामा सुरेश सुनार नयाँ सिडिओ भएका छन् |

हेर्नुहोस को कहाँ सरुवा भए:


यस बिषयमा तपाइको प्रतिक्रिया...!