सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

Posted on: 04 Feb, 2020

माघ २१, काठमाडौँ | ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र  नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बिच भेटवार्ता भएको छ | मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले भेट गरेका हुन् |

उक्त भेटमा मा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् | यस अघि  सभामुख सापकोटासँग चीन र भारतका राजदूतहरुले भेटवार्ता गरिसकेका छन |

सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध  र सहकार्य अझ बयियो बनाउनुपर्ने बताएका छन् | सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!