बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसको आकस्मिक छलफल

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौं | बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका नेताहरुको सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बसेको छ |

बैठकमा केही कानूनविद, बरिष्ठ नेता रामचन्द्र पौडेल,नेता प्रकाशमान सिंह लगायतका नेताहरु उपस्थित छन् | बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा  कांग्रेस उपसभापति गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो |उक्त प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस भित्र तरंग मच्चिएको छ |

गच्छदार  तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री थिए | उनीमाथि  ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो | यस बिषयमा पार्टीको तर्फबाट औपचारिक धारणा भने आएको छैन | तर बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको  पूर्वाग्रह साधेर उपसभापतिलाइ मद्दा लगाएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!