प्रतिनिधि सभामा कांग्रेसको बिरोध,बैठक स्थगित

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौँ | प्रतिनिधि सभा बैठक कांग्रेसको अबरोधका कारण भोलि शुक्रबार सम्मका लागि स्थगित भएको छ | बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं सांसद बिजय गच्छदारलाई साढे ९ करोड भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेसले बिरोध जनाएको हो |

यस अघि बुधबार बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो | तर राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बिरोध जनाएको छ |

बिहिबार संसद बैठक सुरु हुनासाथ समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!