पत्रकार बन्न लाइसेन्स लिनुपर्ने प्रावधान हट्यो

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौँ | रास्ट्रिय सभाले पत्रकार बन्न परिक्षा दिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ | राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकार बन्न परिक्षा दिनुपर्ने व्यवस्था गरेको थियो | तर सभाले उक्त व्यवस्था हटाएर विद्ययेक पास गरेको हो |

नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले राष्ट्रिय सभा बैठकमा उक्त व्यवस्थामाथि संसोधन दर्ता गराएका थिए | प्रश्तावमा मिडिया काउन्सिलको काम कर्तव्य र अधिकारमा रहेको परीक्षा लिने व्यवस्था र दफा १७ मा रहेको लाइसेन्ससम्बन्धी व्यवस्था हटाउन भनिएको थियो |

उनले नेपाल पत्रकार महासंघसंग भएको सहमति अनुसार लाइसेन्सको व्यवस्था हटाएको भट्टराईले जानकारी दिए | सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएदेखि नै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो | उक्त बिरोधपछि  पत्रकार महासंघ र राष्ट्रिय सभामा रहेका दलबीच संशोधन गरेर जाने सहमति भएपनि सहमति बिपरित समितिले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो | नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको अवस्थामा लाइसेन्स लिने प्रावधानले अवरोध गर्ने नेकपाकी संसद कोमल वलीले बताएकी थिइन |

 पत्रकारको परीक्षा दर्शक, स्रोता र पाठकले लिने नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले बताए | सरकारी निकायले पत्रकारको परिक्षा लिन नसक्ने र लाइसेन्सको व्यवस्थाले प्रेस स्वतन्त्रता खुम्चिएको बताए | त्यस्तै सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारको परिक्षा लिने प्रावधान उपयुक्त नभएको टिप्पणी गरे | मन्त्री बाँस्कोटाले सहमतिजनाए संगै उक्त प्रावधान ह्ताइएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!