आज पनि प्रतिनिधिसभा बैठक अबरुद्ध गर्ने कांग्रेसको निर्णय

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौं | प्रतिनिधिसभा बैठक आज पनि अबरुद्ध गर्ने निर्णय कांग्रेसले गरेको छ | बिहिबार बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको अबरोधका बाबजुत स्थगित भएको थियो | बिहिबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो |

बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेस उपसभापति बिरुद्ध भ्रष्टाचार दायर गरेपछि कांग्रेसले बिरोध जनाउदै आएको छ | राजनीतिक प्रतिसोधका आधारमा मुद्दा लगाएको भन्दै कांग्रेसले देशैभरी आफ्ना भातृसङ्गठहरु परिचालन गर्ने निर्णय गरेको छ |

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अबरुद्ध गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए | सरकारले संवैधानिक आयोगलाई आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!