‘एक देश, दुई कानुन’!अख्तियार घेर्न पुगेका साझा पार्टीका नेता-कार्यकर्ता गिरफ्तार

Posted on: 07 Feb, 2020

माघ १२, काठमाडौँ | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्ना नेतालाई उन्मुक्ति दिएको भन्दै बिहिबार अख्तियारको कार्यालय घेर्न पुगेका साझा पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको छ |

सत्तारुढ दलका नेताहरुलाई जोगाउने गरी लागु गरिएको ‘एक देश, दुई कानुन’ को विरोधमा साझा पार्टीले विरोध प्रदर्शन गरेको हो | उक्त प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको छ | टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको साझा पार्टीले जनाएको छ | साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले  "एक देश,दुई कानुन" भन्दै सामाजिक संजाल मार्फत बिरोध जनाएका छन् |

अख्तियारले बालुवाटारको जग्गा प्रकरणमा १ सय ७५ जना बिरुद्ध मुद्दा दायर गरेपनि उक्त प्रकरणमा जोडिएका सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको साझा पार्टीको आरोप छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!