काँग्रेसले गर्यो आजपनि संसद अबरुद्ध

Posted on: 09 Feb, 2020

माघ २६, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजपनि संसद अबरुद्ध गरेको छ | बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि राजनीतिक प्रतिसोधका आधारमा मुद्दा लगाएको भन्दै अबरुद्ध गरेको हो |

बिहिबार यता कांग्रेसले तिन पटक संसद अबरुद्ध गरिसकेको छ | २८ गते मंगलबार सम्मका लागि संसद बैठक स्थगित भएको हो | बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले गत बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो |

नेकपाका महासचिव बिष्णु पौडेल र तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई राजनीतिक प्रतिसोधको आधारमा बचाएको भन्दै कांग्रेसले बिरोध गर्दै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!