काँग्रेसको प्रश्न: चीनमा रहेका नेपालीको उद्दार कहिले गर्ने,रेल आएपछि ?

Posted on: 10 Feb, 2020

माघ २७, काठमाडौं | नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्दारमा सरकारले चाँसो नदेखाएको कांग्रेसले बताएको छ | काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् |

उनले ट्वीट गर्दै भनेका छन्,‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा ? कि पछि चीनबाट रेल आएपछि डब्बामा? उद्दार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ चीनमा रहेका नेपालीको उद्दारमा भएको ढिलाइको जवाफ दिने मुटु र उद्दार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग उनले प्रश्न गरे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!