मन्त्रीपरिषद्को बैठकले आइजिपी छान्न सकेन

Posted on: 10 Feb, 2020

माघ २७, काठमाडौँ | सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न नसकेपछि  मंगलबार बिहान  बैठक बस्ने भएको छ | 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि माघ २८ गते सकिने भएको छ | खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने भएको हो |

ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय महानिरीक्षकको लागि चर्चामा छन् | यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!