पूर्वप्रधानमन्त्री बाबुराम र माधव नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

Posted on: 12 Feb, 2020

माघ २९, काठमाडौं | बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ | 

बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै  रिट दर्ता गराएका हुन् |  यस अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो | 

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन प्रश्ताव गर्ने तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले किन पुर्वप्रधानमन्त्री भट्टराई र नेपाललाईउन्मुक्ति दियो भनेर चर्को आलोचना भइरहेका बेला सर्वोच्चमा रिट दर्ता भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!