जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्

Posted on: 13 Feb, 2020

फागुन १, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘जनयुद्ध’ दिवस कार्यक्रममा सहभागी भएनन् | पार्टी कार्यालय धुम्बाराहीमा ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने बताइए पनि उपस्थित नभएका हुन् |

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू कार्यक्रममा  सहभागी भएका छन् | माघ २७ गते प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा ‘जनयुद्ध’का सहिदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने बताइएको थियो |

ओली गत बर्षको जनयुद्ध दिवसमा पनि उपस्थित भएका थिएनन् | आज फागुन १ गते जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि नेकपाले मनाइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!