सर्वोच्चले भन्यो,बाबुराम भट्टराई र माधव नेपाल विरुद्ध किन मुद्दा चलाइएन ?

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौँ | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रकरणमा तत्कालिन पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएपछि सर्वोच्च अदालतले जवाफ मागेको छ |  

। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न अख्तियारलाई आदेश दिएको छ | वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउनु पर्ने माग गर्दै बुधबार सर्वोच्चमा रिट दाएर गरेका थिए | उक्त रिटमा प्रधान न्यायाधिश राणाको इजलासमा सुनुवाइका लागि पेशी चढाइएको थियो |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन तीन जना मन्त्री सहित १ सय ७५ जना बिरुद मुद्दा दायर गरेको थियो | निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि उन्मुक्ति दिन नमिले भन्दै रिट दायर गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!