पूर्व सभामुख महराको आज अन्तिम सुनुवाइ हुँदै

Posted on: 16 Feb, 2020

फागुन ४, काठमाडौँ | संसद सचिवालयकी महिला कर्मचारी माथि बलात्कारको आरोप लागेको कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाई भइरहेको छ | महरा  पुर्पक्षका लागि थुनामा रहेका छन | आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाई भइरहेको हो |

अदालतमा महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले बताएका छन् | महराले यस अघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए |

काठमाडौँ जिल्ला अदालतको उक्त निर्णय सदर गर्दै उच्च अदालतले महिना भित्र उक्त मुद्दा टुंगो लगाउन भनेको थियो | गत असोज  १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको संसद सचिवालयकी कर्मचारीले बताएकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!