पुर्वउपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त,आजै शपथ

Posted on: 17 Feb, 2020

फागुन ५, काठमाडौँ । पुर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले कानुनमन्त्रीमा नियुक्त गरेका छन् | उनको शपथ ग्रहण पनि आजै रहेको छ |

उनलाई  रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए  | यस अघि  शिवमाया तुम्बाहाङ्फे उपसभामुख थिइन् | उनले उक्त पद्वबाट राजिनामा दिएसंगै सभामुखमा अग्नि सापकोटा निर्वाचित भएका थिए |

उनले उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद हुँदा उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउंदै आएकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!