बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | सरकारका प्रवक्ता एवम् संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष र एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छलफलमा जुटेका छन् |

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबिच भेट वार्ता भएको हो | पार्टीको प्रशिक्षण अभियान लगायतका अन्य विषयमा छलफल भएको बताइएको छ | 

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडियो सार्वजनिक भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!