मन्त्री बास्कोटाले बोलेको अपशब्द प्रति निजामती कर्मचारी युनियनको खेद प्रकट

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौं | सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ |

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको अडियोमा मन्त्रीले बोलेको अपशब्दको विषयलाई कर्मचारिहरुले कडा निन्दा गरेका हुन् |

मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गर्दै कमिसनको सेटिगं गरेको बुधवार सार्वजनिक अडियोमा सुनिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!