सञ्‍चार मन्त्री बाँस्कोटाले दिए राजीनामा

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार विवादास्पद अडियो सार्वजनिक भएपछि बिहीबार मन्त्री बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सभामुख अग्‍नि सापकोटाले सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी संसदलाई गराएका हुन् । प्रधानमन्त्री कार्यालयले आफूलाई बाँस्कोटाले राजीनामा दिएको आफूलाई जानकारी गराएको सभामुख सापकोटाले संसदलाई जानकारी गराएका हुन् । प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बास्कोटाले राजीनामा दिइसकेको जानकारी आफूले पाएको बताएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । सार्वजनिक अडियोमा मन्त्री बास्कोटाले करौडौं कमिसन मागेको र कर्मचारीबारे अश्लील टिप्पणी गरेको सुन्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!