नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ: बाँस्कोटा

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा प्रधानमन्त्री समक्ष राजिनामा दिएको बताएका छन् | सेक्युरिटी प्रिन्टिंङ प्रेसको खरिदमा स्विस कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका हुन् |

राजिनामा पछि सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले लेखेका छन्,'मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष  नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।' यस अघि नै प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बाँस्कोटाले राजीनामा दिएको सदनलाई जानकारी दिएका थिए |

बाँस्कोटाको राजीनामापछि दुई मन्त्रालयमा नेतृत्व खाली भएको छ | गत पुस २५ देखि बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!