मन्त्री बास्कोटा अडियो प्रकरण:स्वीस दूतावासले निकाल्यो यस्तो विज्ञप्ति

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौं | निवर्तमान सूचना तथा संचारमन्त्री गोकुल बास्कोटासँग कमिसन प्रकरणमा स्विस कम्पनीका एजेन्ट भनेर गरिएको अडियो कुराकानीबारे  स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ |

बिहिबार एक बक्तव जारी गर्दै दुतावासले भनेको छ,स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’

जारी गरिएको प्रेस विज्ञप्ति ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’उल्लेख गरिएको छ | बास्कोटा र कम्पनीका एजेन्ट विजय मिश्रसँग भएको कुराकानीमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत खण्डन गरिएको छ |

दुतावासले रिपब्लिकामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा प्रकाशित समाचारको खण्डन गरिएको छ |

हेर्नुहोस बिज्ञप्ति :


यस बिषयमा तपाइको प्रतिक्रिया...!