पूर्वमन्त्री बास्कोटाविरुद्ध अख्तियारमा उजुरी दर्ता

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ | 

आइतबार बास्कोटाविरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यलयमा उजुरी दर्ता गराएका हुन् | सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद प्रक्रियामा स्विस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्रीपदबाट राजिनामा दिएका थिए | 

बास्कोटाविरुद्धको उजुरीकोमा भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!